काठमाडाैं । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहने छ ।
देशका पहाडी तथा तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । पूर्वको कोशीसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।
गएराति पूर्वको झापा र पश्चिमको बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेको थियो । देशका अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भयो ।
आजराति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका पनि बाँकी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



