गोरखा । भ्रष्टाचार र सामाजिक सञ्जालका बिषय लिएर केही दिन अगाडी भएको जेनजीको आन्दोलनमा परी गोरखाका ३ जनाले सहादत प्राप्त गरेका छन् ।
सहादत प्राप्त गर्नेमा बारपाक सुलिकोट गाउँपालिका–५ को २२ बर्षिय बिमल भट्ट, गण्डकी गाउँपालिका–४ का २७ बर्षिय अर्जुन भट्ट र पालुङटार नगरपालिका–३ का ४२ बर्षिय रमेश पुराजुली भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सहादत प्राप्त गर्ने बिमल भट्टको भाद्र २३ गते संसद भवन अगाडी प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
अर्जुन भट्टको भाद्र २४ गते आन्दोलनमा सहभागी हुदा कालिमाटी क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।
उनी केही समय अगाडी मात्र बैदेशिक रोजगारीबाट स्वदेश फर्किएर जापान जानकालागि भाषा सिक्दै गरेको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
मृत्तक दुवैजनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
आन्दोलनकै क्रकमा पराजुलीको पनि प्रहरीको गोली लागेर मृत्यु भएको थियो । राजधानीकै ट्याङला फाँटमा खाद्यान्न ब्यापार गरेर बसेका उनी आन्दोलनमा सहभागी हुदा सहादत प्राप्त गरेका हुन् ।



