काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा मृत्यु भएका ४ युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।
जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । ३ प्रहरी, १ भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । कैदीमात्रै ९ जना मारिएका थिए ।



