काठमाडाैं । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कञ्चनपुर, डडेलधुरा र बैतडीमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सबैजसो पहाडी भू-भागका केही तथा तराई भू–भागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । गएराति लुम्बिनी प्रदेशदेखि पश्चिमका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।
पछिल्लाे १२ घण्टामा डडेल्धुरामा १७५, कैलालीमा १४२ र बाँकेमा १२४ मिलिमिटर पानी परेको छ ।



