प्रतिकात्मक तस्बिर
गाेरखा । लागूऔषध सहित गाेरखाका अपिल नेपालीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागू औषध नेपालीलाई तनहुँ प्रहरीले पक्राउ गरेकाे हाे ।
गोरखा नगरपालिका-१३ तिनकिलो बस्ने ३० वर्षीय नेपालीबाट प्रहरीले ट्रामाडोल ९० ट्याब्लेट सहित पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएकाे छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०२ -००१ ख ९९१४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको जानकारी दिएकाे छ ।
प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।



