काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।
जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये १ हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीकाे प्रधान कार्यालयले जनाएकाे हाे ।
अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।
त्यसैगरी प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन् ।



