रामेछाप । जिल्ला कारागारमा रहेका कैदीबन्दीले सामूहिक रूपमा भाग्ने प्रयास गर्दा चलाएकाे गाेली लागेर १४ जना घाईतेभएका छन् । सामूहिक रुपमा भाग्ने प्रयास गरेका उनीहरुलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले राेक्न गाेली चलाउनु परेकाे हाे ।
कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले चलाएकाे गोली लागेको छ । सेनाले चलाएको गोली लागेर १ दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
कैदीबन्दीले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत फुटाउन खोजेपछि सुरक्षा निकायले गोली चलाएर नियन्त्रणमा लिएको थियाे । प्रजिअ थापाका अनुसार गाेली लागेका ३ जनाको अवस्था गम्भीर छ ।
रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन् । अहिले सबै कैदीबन्दी नियन्त्रणमा रहेका छन् ।



