गाेरखा । जेनजी पुस्ताले गरेको आन्दोलन गाेरखामा भने शान्तिपूर्ण देखिएको छ । जिल्लाको सदरमुकाम युवा पुस्ताहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
युवाहरुले बिहान ११ बजेदेखी अहिलेसम्म सदरमुकामकाे लाेकतान्त्रिक चाेकमा बसेर नाराबाजी गरीरहेका छन् । उनीले केपी ओली, शेर बहादुर देउवा र प्रचण्डका बिरुद्ध नाराबाजी गरेका थिए ।
युवाहरुले मान्छे मार्न पाईदैन-यस्ताे सरकार चाहिदैन भन्दै नाराबाजी गरिरहेका छन् ।
सामाजिक सञ्जाल बन्देज, बढ्दो भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण लगाउने सरकारी कदमको विरोधमा युवाहरू सडक उत्रिएका हुन् । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै गाेरखामा सबै शैक्षिक संस्थामा शोक बिदा दिएका छन् ।
जेनजी युवाहरूले गाेरखामा हिजाे साँझ विरोधको कार्यक्रम सुरु गरेका थिए । उनीहरुले भाेली पनि बिराेधकाे कार्यक्रम हुने जनाएका छन् ।










