काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा काठमाडौं र ईटहरीमा गरी हालसम्म कम्तीमा १९ जनाकाे मृत्यु भएकाे पुष्टी भएकाे छ ।
ट्रमा सेन्टरमा मृत्यु भएका मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।
त्यस्तैगरी, केएमसी अस्पतालमा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका २ युवकको मृत्यु भएको पुष्टी भएकाे छ ।
अहिलेसम्म काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको हो ।
अन्य मृतकहरूको सनाखत हुने क्रम जारी छ ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



