काठमाडाैं । आज कोशी र बागमती प्रदेशका केही स्थानहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भेगका केही स्थानमा ठूलो पानी पर्न सक्छ ।
यस्तै राति कोशी प्रदेशका पहाड र तराईका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
गएराति सुनसरी, धनकुटा र उदयपुरमा ठूलो पानी परेको छ । यस्तै सिन्धुपाल्चोक, दोलखा, लमजुङ, कास्की, म्याग्दी, सुर्खेत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



