पाेखरा । पाेखरामा जारी दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा आज २ वटा खेल हुँने भएकाे छ ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने पहिलो खेलमा मधेश युनाइटेड र काठमाडाैं स्पाइकर्स खेल्दैछन् । यो खेल दिउँसो २ बजे शुरु हुनेछ ।
यस्तै दिउँसो ४ बजे लुम्बिनी लाभास र पोखरा निन्जाजबीच खेल हुँदैछ ।
हिजो भएको खेलमा ललितपुर क्वीन्स, कर्णाली यशविस र मधेश युनाइटेड विजयी भएका थिए । प्रतियोगितामा ६ वटा टोली रहेका छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।



