काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्य सम्पादन समितिको बैठक भाेलीकाेलागि बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
भाेली आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको नेपाली कांग्रेसले आज जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।




















