हेटाैंडा । १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका-१, रजुवाका ६२ वर्षीय प्रेम बहादुर ध्यावा रहेकाे मकवानपुर प्रहरीले पुष्टी गरेकाे हाे ।
ति बृद्धलाई शुक्रबार बिहान इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
ध्यावाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।



