काठमाडाैं । गएराति काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
अरु ठाउँको तुलनामा कास्की, सिन्धुपाल्चोक, सुनसरी र पाँचथरमा धेरै पानी परेको छ ।
भेलबाढी आउने गरी कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि पहाड तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।



