काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् ।
विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३०० भन्दा धेरै सहभागी हुने अनुमान एमालेले गरेको छ ।
प्रतिनिधिहरुलाई बिहान ९ बजेदेखि नै आउन भनिएको छ । उदघाटन समारोह भने ११ बजेदेखि सुरु हुने छ ।




















