काठमाडाैं । देशका केही ठाउँमा आज दिउँसो मध्यम र राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
मधेश र लुम्बिनी प्रदेशको तराईको केही ठाउँहरुमा हावाहुरी पनि चल्न सक्ने महाशाखाले जनाएको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
गएराति कास्की र लमजुङमा ठूलो पानी परेको थियो ।




















