गोरखा । गोरखा जेसिज गोरखा सम्मानित भएको छ । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको हो ।
नेपाल जेसिजको आयोजना र ब्यास नगर जेसिजको आथित्यतामा दमौलीमा भएको क्षेत्र ख सम्मेलनमा ४२ शाखा मध्य गोरखा शाखाले अन्य शाखाकाे तुलनामा उत्कृष्ट काम गरेकाले सम्मान गरेको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।
नेपाल जेसिजले दमौलीमा गएको भाद्र १४ र १५ गते क्षेत्र ख अन्तरर्गत ४२ शाखाको सम्मेलन गरेको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष गुरुङलाई नेपाल जेसिज क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन र अभिषेक दुलालले संयुत्त रुपमा प्रमाण–पत्र दिएर सम्मान गरेको हो ।
त्यस्तैगरी गोरखा शाखाका महासचिव रुवेन्द्र कुवर समेत उक्त कार्यक्रममा सम्मानित भएका थिए । उनलाई पनि नेपाल जेसिजले ४२ शाखा मध्य गोरखा शाखाका महासचिव क्रियाशिल भएको भन्दै सम्मान गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।



