गाेरख । गाेरखा बजारका बिनाेद श्रेष्ठ काठमाडौं महानगरपालिका–२६, गोंगबुको एक घरबाट पक्राउ परेका छन् । प्रहरीले मंगलबार उनकाे साथबाट झन्डै ४ करोड अवैध रकमसहित ५ किलाेभन्दा बढी सुन बरामद गरेकाे जनाएकाे हाे ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार छापा मार्दा अहिलेसम्म ३ करोड ७५ लाख रुपैयाँसँगै सुनका ढिक्का, बाला, औंठीसहितका गरगहना पनि बरामद भएका छन् । प्रहरीले मेसिनबाट रकम गन्दै छ भने सुनको तौल लिँदै छ ।
गोरखा नगरपालिका–६ पुरानाे बसपार्क घर भएका श्रेष्ठ लामो समयदेखि गोंगबुमा बस्दै आएका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार सुन धितो राख्ने र मिटरब्याजमा पैसा लगाउने काम श्रेष्ठले गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
‘सुन पसलका व्यक्तिहरुलाई पनि सुन धितो राखेर पैसाको कारोबार गर्ने गरेको देखियो,’ उनले भने, ‘हामी थप अनुसन्धानमा छौं ।’



