गाेरखा । गाेरखाकाे आरुघाट बजार नजिकै रहेकाे टाँरी फाँटमा भएकाे बस दुर्घटनामा परी २१ जना घाईते भएका छन् ।
काठमाडाैंबाट माछाखाेलाकाेलागि छुटेकाे बाग्मती प्रदेश ०१ -००६ ख ४१३१ नम्बरको रात्री बस मंगलबार बिहान करिब ५ बजेकाे समयमा अनियन्त्रित भएर सडकबाट ४ मिटर तल खसेकाे थियाे ।
दुर्घटनामा घाईते भएका चालक झक बहादुर थापा मगर, यात्रु गाेरखा नगरपालिका-४ का दुर्गा बहादुर खत्री र भारत मोतिहारी जिल्ला बस्ने बर्ष-१४ को अलि आलमलाई थप उपचारकाेलागि राजधानी लगिएकाे छ ।
चालक मगरकाे कम्मरमाे चाेट लागेकाे छ भने खत्रीकाे खुट्टा तथा टाँउकाेमा र आलमकाे दाहिने खुट्टा भाँचिएकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।
१) चालक गोरखा जिल्ला गण्डकी गाउँपालिका-२ बस्ने बर्ष-३८ को झक बहादुर थापा मगर कम्मरमा चोट अबस्था मध्यम, (काठमान्डौ रिफर)
२) काभ्रे जिल्ला तिमाल गाउँपालिका-८ बस्ने बर्ष-४५ को आकास तामाङ हात र टाउकोमा चोट अबस्था मध्यम
३) गोरखा जिल्ला गोरखा नगरपालिका-४ बस्ने बर्ष-३० को दुर्गा बहादुर खत्री खुट्टा र टाउकोमा चोट , अबस्था मध्यम (काठमान्डौ रिफर)
४) गोरखा जिल्ला चुमनुब्री गाउँपालिका-२ बस्ने बर्ष-२० की छिरिङ छो शरिरमा चोट, अबस्था सामान्य
५) गोरखा जिल्ला आरुघाट गाउँपालिका बस्ने बर्ष-२५ को बिशाल गुरुङ हातमा चोट, अबस्था सामान्य
६) भारत मोतिहारी जिल्ला बस्ने बर्ष-३० को कप्रेस आलम हातमा चोट, अबस्था सामान्य
७) गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका-२ बस्ने बर्ष-२८ को लोकनाथ भट्टराई शरिरमा चोट, अबस्था सामान्य
८) ईलाम जिल्ला सुर्यदय नगरपालिका-१२ बस्ने बर्ष-२० को किसान राई गालामा चोट, अबस्था सामान्य
९) गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका- २ बस्ने बर्ष-२० को सचिल बाबु भट्टराई कोखमा चोट, अबस्था मध्यम
१०) ऐ बस्ने बर्ष-२८ को गणेश भट्ट मुखमा चोट, अबस्था मध्यम
११) ऐ बस्ने बर्ष-२३ को सन्देश भट्टराई शरिरमा चोट, अबस्था मध्यम
१२) ऐ बस्ने बर्ष-४८ को टेक प्रसाद भट्टराई शरिरमा चोट, अबस्था मध्यम
१३) गोरखा जिल्ला आरुघाट गाउँपालिका-८ बस्ने बर्ष-५२ को यदु कुमार सोडारी शरिरमा चोट, अबस्था मध्यम
१४) भारत मोतिहारी जिल्ला बस्ने बर्ष-१४ को अलि आलम दाहिने खुट्टा फ्याक्चर अबस्था मध्यम (काठमान्डौ रिफर)
१५) गोरखा जिल्ला आरुघाट गाउँपालिका-५ बस्ने बर्ष-३१को सन्तोश खड्का टाउको र हातमा चोट, अबस्था मध्यम
१६) महोतरी जिल्ला जलेश्वर नगरपालिका-७ बस्ने बर्ष २५ की सुजिता यादब शरीरमा चोट, अबस्था मध्यम
१७) गोरखा जिल्ला आरुघाट गाउँपालिका-६ बस्ने बर्ष २९ को दिपक गरुङ टाउकोमा चोट, अबस्था मध्यम
१८) गोरखा जिल्ला धार्चे गाउँपालिका-२ बस्ने बर्ष-५४ को घारे गुरुङ शरिरमा चोट, अबस्था मध्यम
१९) गोरखा जिल्ला आरुघाट गाउँपालिका-४ बस्ने बर्ष ३० को रोमन गुरुङ कुममा चोट, अबस्था मध्यम
२०) गोरखा जिल्ला धर्चे गाउँपालिका-५ बस्ने बर्ष २५ की मेलिना गुरुङ कम्मरमा चोट, अबस्था मध्यम
२१) धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका-२बस्ने बर्ष-३२को धर्मेन्द्र थपा मगर टाउकोमा चोट, अबस्था मध्यम



