पाेखरा । आज बिहानै फेवातालमा हामफालेकी १ जना महिलाकाे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेकाे छ ।
उद्धार गरिएकी महिला मकवानपुर घर भइ पोखरा-६ लेकसाइड बस्ने वर्ष अं ४५ कि हिरा नेगी भएकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार ति महिला भाद्र १७ गते मंगलबार बिहान अन्दाजी ५ बजेको समयमा कास्की जिल्ला पोखरा महानगर्पालिका -६ गौरीघाट स्थित फेवातालमा हाम्फालेकी थिइन ।
घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्किबाट इन्सपेक्टरको कमाण्डमा ५ जना गोताखोर र ५ जना बिपद् ब्यबस्थापन र नेपाल प्रहरी सहितको संयुक्त सुरक्षा फौजले उनको उद्दार गरेको उनले बताए ।
तालमा हाम फाल्दा तालमा रहेको काठको मुढामा अड्किएको स्थानियले देख्नासाथ प्रहरीलाई खबर गरे लगत्तै उनकाे उद्धार गरिएकाे थियाे । उनलाइ स्वास्थ्य उपचारकाेलागि अहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको छ ।



