गोरखा । गोरखा जिल्ला अदालतले करिब २ बर्ष कैद सजाय गरेका ब्यत्तीलाई गोरखा प्रहरीले १५ बर्षपछी पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परका ब्यत्ती साविक जौबारी गाउँ बिकास समिति–७ हाल सिरानचोक गाउँपालिका–८ का शरण पन्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले बताए ।
अदालतले सवारी ज्यान मुद्वामा पन्तलाई २०६७ साल बैशाख ६ गते १ बर्ष ११ महिना ५ दिन कैद फैसला गरेलगत्तै उनी फरार भएका थिए ।
प्रहरीको फैसला कार्यान्वयन विशेष टोलीले उनी घर ठेगानामा नै लुकिछिपी बसेकोभन्ने बिशेष सूचनाको आधारमा भाद्र १६ गते सोमबार नियन्त्रणमा लिएको सूचना अधिकारी शर्माले जानकारी दिए ।
सोमबार नै अदालत पेश गरेका उनलाई फैसला कार्यान्वयकोलागि जिल्ला कारागार चलान गरिएको छ ।



