प्रतिकात्मक तस्बिर
गोरखा । अहिले केही बेर अगाडी गोरखामा रात्री बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेर के कती क्षेति भएको भन्ने बारे विस्तृत विवरण आउनै बाँकी रहेको छ ।
बस भिमसेन थापा गाउँपालिकाको टाँरी फाँटमा बिहान ५ बजेतिर दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ ।
बिहान मर्निङ्ग वाक गएकाहरुले बस दुर्घटना भएको देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौंबाट उत्तरी गोरखाको माछाखोला जादै गरेको बा.प्र.००६ ख ४१३१ नम्बरको उक्त बसमा कती जना वसार थिए भन्ने कुरा खुल्न सकेको छैन् ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भरत बहादुर विकका अनुसार सबै यात्रुको उद्वार गरी आरुघाट स्वास्थ्य चौकीमा उपचार भइरहेकोले केही बेरमा विस्तृत विवरण प्राप्त हुने बताए ।




















