पाेखरा । २ महिनापछि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएकाे छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण २ महिनादेखि सेवा बन्द रहेको थियो ।
निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गएको असार २ गतेदेखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले पर्यटकीय याम शुरू भएसँगै उडान सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको ट्विनअटर जहाजले आइतबारदेखि उडान भर्न शुरू गरेको हाे । हिजो समिट एयरलाइन्सको जहाजले पोखरा–जोमसोम २ उडान भरेको थियाे ।



