सिन्धुली । सिन्धुलीमा फलामको खन्तिले हानेर छोराले आमाको हत्या गरेका छ्न ।
सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।
सुवेदीका अनुसार, दुधौली नगरपालिका १४ भौडीका ४० वर्षीय तुलाराज सुनुवारले ६५ वर्षीया आमा फाल कुमारीको हत्या गरेका हुन् ।
तुलाराजले धारिलो हतियार खन्ती / गल (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन । आमाको टाउको र छातिमा हानेर हत्या गरिएको सुवेदीले जानकारी दिए ।



