सिन्धुली । पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाकाे गोलञ्जोर गाउँपालिका-६ की २ वर्षीया प्रिन्सिका रम्तेलको मृत्यु भएको हो ।
उनको शनिबार साँझ ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टी गरेकाे हाे ।
प्रहरीका अनुसार उनको शव पोष्टमर्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















