×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
  • ५ घण्टा अघि

आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
  • ६ घण्टा अघि

पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ दिन अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गाेरखाका एक शिक्षकले प्रधानमन्त्री ओलीका बारेमा गरेकाे अमर्यादित टिप्पणीकाे माफी माग्न अल्टिमेटम

  •  गोरखा समाचार
  • शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी गोरखाले द्रव्यशाह बहुमुखी क्याम्पसका शिक्षक केशव रेग्मीलाई प्रधानमन्त्रीसम्बन्धी अमर्यादित अभिव्यक्ति दिएपछि तत्काल माफी माग्न चेतावनी दिएको छ । संगठनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै रेग्मीलाई २४ घण्टा भित्र सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिको सार्वजनिक माफी माग्न चेतावनी दिएकाे हो ।

    अनेरास्ववियूले गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका शिक्षक रेग्मीले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको प्रसङ्गमा सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई ‘अमर्यादित, अराजक र घृणाजन्य’ भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष दिपेन्द्र मालबुलद्वारा शनिबार जारी विज्ञप्तिमा रेग्मीले २०८२ भदौ १४ गते फेसबुकमा ‘नेपालमा मात्र हो यिनले भुक्ने, त्यहाँ पुगेपछि त लुते कुकुर जस्तै हुने हो,’ भन्ने टिप्पणी गरेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री देशका सबैको अभिभावक हुन् । शिक्षणजस्तो बौद्धिक क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारी बिर्सेर गालीगलौज गर्नु लाजमर्दो कार्य हो ।” संगठनले रेग्मीलाई क्याम्पस प्रशासनबाट तत्काल कारबाही गर्न माग गर्दै यदि २४ घण्टा भित्र माफी नमागिए कानुनी प्रक्रिया समेत अघि बढाउने चेतावनी दिएको छ ।

    “हाम्रो आग्रहलाई कमजोरी ठानेर वेवास्ता गरेमा आगामी दिनमा आइपर्ने परिणामको भागीदार रेग्मी र उनलाई संरक्षण गर्ने क्याम्पस प्रशासन स्वयं हुनेछ,” विज्ञप्तिमा उल्लेख छ ।

    अनेरास्ववियूले शिक्षण क्षेत्रलाई मर्यादित, अनुशासित र राजनीति–घृणामुक्त बनाउन सबैलाई जिम्मेवार हुन आग्रह गरेको छ ।

    लेखकबाट थप:

    • महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    • आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    • पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?

    • ४. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ७. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    धेरै पढिएको
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ३. सुन र चाँदीकाे भाउ बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.