×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
  • ६ घण्टा अघि

आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
  • ७ घण्टा अघि

पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ दिन अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

प्रधानमन्त्री केपी ओली चीन प्रस्थान

  •  गोरखा समाचार
  • शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । चीनका राष्ट्रपति सी जीन पिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन् ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरेकाे हाे ।

    प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए ।

    त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् ।

    सन् २००१ मा स्थापना गरिएको एससीओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।

    प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने छन् ।

    तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

    लेखकबाट थप:

    • महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    • आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    • पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?

    • ४. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ७. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    धेरै पढिएको
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ३. सुन र चाँदीकाे भाउ बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.