काठमाडाैं । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा गोरखा सहित कास्की, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, नुवाकोट, पर्वत, गुल्मी, दैलेख, डडेलधुरा, कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको छ ।
हिजो सुर्खेतमा निकै ठूलो पानी परेको थियो । सुर्खेतमा २४ घण्टामा २४५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हिजो र अस्तिको तुलनामा आज पानी कम पर्नेछ । बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगका थोरै ठाउँहरु र बाँकी तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



