गोरखा । सिरानचोक गाउँपालिकामा भित्र रहेका सबै बिद्यालयका प्रधानाध्यापकहरु बिच आज ‘समय विचलन र हाम्रा चाडपर्वहरु’ बिषयमा अन्तरकृया सम्पन्न भएको छ ।
पर्व समय सुधार राष्ट्रिय समाज, जिल्ला समिति गोरखाको आयोजनामा सिरानचोक गाउँपालिका भित्रका ४१ बिद्यालयका प्रधानाध्यापकहरु बिच अन्तरकृया सम्पन्न भएको हो ।
हिन्दु नेपालीहरुको चाड पर्वमा आएको विचनका बारेमा विस्तृत जानाकारी दिने गरी अन्तरकृया कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष तुलसा मरहट्टाले बताईन ।
पछिल्लो समय नेपाल सरकारले नै पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति निर्माण गरी बिक्रम सम्बतमा महिना सुधार गर्ने गरी काम भईरहेको अवस्थामा समितिले विभिन्न जिल्लामा यस्ता अन्तरकृया कार्यक्रम गर्दै आएको छ ।
चोरकाटेमा रहेको बिद्यालयमा भएको उक्त कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुलाई पोखरा युनिर्भसिटीका उप प्राध्यापक कल्याण पन्त र पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सचिव हरी नारायण मल्लले बर्षको आरम्भ, बिक्रम सम्बतमा आएको विकृती, किन र के का लागि, पञ्चाङ्ग निर्णायक समितिले तिथी मितीमा गरेको हेरचक्राई जस्ता बिषयमा प्रशिक्षण गराईएको थियो ।



