गोरखा । गोरखा सदरमुकाममा केही बेर अगाडी गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ ।
गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।
गोरखा बजारबाट ठिगुरेश्वारा तर्फ जादै गरेको बा. ९९ प १९९७ नम्बरको एनएस २०० पल्सलमा आगलागी भएको हो ।
आगलागीबाट मोटरसाइलकमा क्षती पुगेको छ । हितेष श्रेष्ठको उक्त सवारीमा अचानक आगलागी भए लगत्तै नजिकै रहेको आगो निभाउने सिलिण्डरको सहायताले आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट मोटरसाइलकमा पुगेको क्षतीको बारेमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



