काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेकाे छ । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका हुन् ।
जिल्ला अदालत काठमाडौंले ४ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।
वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।



