काठमाडौं । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा हिजाे ज्यान गएको छ ।
बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले एक भिडिओमार्फत रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । त्यसपछि उनी जलेकाे अवस्थामा पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।




















