माेरङ । विराटनगरस्थित मोरङ जिल्ला कारागारको शौचालयमा १ जना महिला कैदीबन्दी झुण्डीएकाे अवस्थामा फेला परेको छ ।
कारागारकाे महिला शाैचालयमा झुण्डीएकाे अवस्थामा फेला परेकाे कारागार प्रमुख गौरव ढुङ्गेलले पुष्टि गरे ।
ढुङ्गेलका अनुसार महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको हो ।
ति महिला सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीय राधा भट्टराई (राधिका) भएकाे पुष्टी भएकाे छ ।
उनलाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते २० वर्ष जन्मकैदकाे सजाय सुनाएको थियो ।
भट्टराई २ नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । उनी र १ सन्तानको उद्धार भएको थियो भने १ सन्तानको ज्यान गएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो ।



