प्रतिकात्मक तस्बिर
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टी गरेकाे हाे ।
उनले चलाएको बागमती प्रदेश-०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबारराति दुर्घटना भएको थियो । अनियन्त्रित मोटरसाइकल बा २ ज ४९११ नम्बरको ट्याक्सीमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका केवीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरी मण्डिखाटारस्थित हेम्स अस्पताल लगिएकोमा उपचारकै क्रममा बुधबार बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए ।
ट्याक्सी चालक दीपक मोक्तानलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।



