×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

वक्सअफिसमा बलियो बन्दै ‘अगस्त्य च्याप्टर १’, गणेश र ‘च्याप्टर २’को खोजी

  •  गोरखा समाचार
  • बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ ले राहत दिलाउन थालेको छ । प्रदर्शनमा आएसँगै यस फिल्मले नेपाली वक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।

    फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गराउन सफल भएको ‘अगस्त्य’ले दर्शकलाई समेत चासोसँगै थप कौतुहलता बढाइदिएको छ ।

    सुरुवातमा देशभरका १११ हलमा रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो । यस्तै, रिलिजको दोस्रो दिन देशभरका हलमा करिब ८५ प्रतिशत अकुपेन्सी लिन सफल भएको थियो । सोही अनुसार यो फिल्मले शुक्रबार, शनिबार र आइतबार डेढ करोड ग्रस हाराहारीमा कमाइ गरेको छ ।

    सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा पनि राम्रो व्यापार गरेको गर्न थालेको छ ।

    सोमबारबाट देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेशनसहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा पनि दर्शकको उपस्थिति सुखद् थियो ।

    आम दर्शक, फिल्मकर्मी र प्रदर्शकले समेत आशा गरेको यो फिल्मले धेरै राम्रो व्यापार गर्नुका साथै सोमबार यता हलहरुले उल्यख्य शो उपलब्ध गराउदै आइरहेका छन् । ‘वर्ड अफ माउथ’ राम्रो रहेकाले बाँकी दिनमा ‘अगस्त्य च्याप्टर १’ले सुखद कमाइ जारी राख्ने देख्न सकिन्छ ।

    २ घण्टा ५० मिनेट लामो रहेको यो फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् । फिल्म हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।

    दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ‘च्याप्टर २’ का लागि उत्साहित भएको छ । दर्शकहरुलाई यो फिल्मकालागि सौगात मल्ल, नाजिर हुसेन र खलपात्र प्रमोद अग्रहरिको कामले प्रभावित बनाएको देख्न सकिन्छ ।

    सौगात र नाजिरको एक्सन अवतारको गजब भन्दै तारिफ गरिरहेका छन् । ‘त्रिपाठी’ नामक खलपात्रको रोलमा प्रमोद अग्रहरिको रोल दमदार देखिन्छ । यो सँगै सौगातको मानसिक सन्तुलन गुमेको चरित्रमाबाट दर्शकहरू आनन्दित भएको बताउछन् ।

    यस्तै, दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनाइदिएको पाइन्छ ।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    निर्माणपक्षले ‘अगस्त्य च्याप्टर २’ लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.