×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आज अल्जाइमर्स दिवस : बिर्सने समस्याले निम्त्याउन सक्छ ‘मृत्यु’

  •  गोरखा समाचार
  • बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट संसारभरका लाखौँ मानिस पीडित छन् ।

    यो रोग लागेपछि बिस्तारैबिस्तारै मस्तिष्कका कोषहरू मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्त्यमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । पछिल्लो समय यो रोग लाग्नेहरूको संख्या बढ्दो क्रममा रहेको डा.जिपि गुप्ताले बताएका छन् ।

    उनले भने, ‘अहिले बिर्सने रोग अल्जाइमर्सको संख्या बढिरहेको छ । सबै बिर्सने रोग अल्जाइमर्स हुँदैन् । तर अल्जाइमर्सको कुनै उपचार छैन । यसको सुरुवातमा आफूलाई नै बिर्सेको जस्तो लाग्छ । ‘मेमोरी लस’ भनेको साधारण कुराहरूबाटै सुरु हुन्छ । विस्तारै यो बढ्दै जान्छ र विस्तारै अरूले पनि याद गर्छन् । समयमा यो रोगको उपचार गर्न सकिएन भने अकालमै मृत्यु हुन सक्छ । दिमागले काम नगरेपछि विभिन्न दुर्घटना पनि हुन सक्छ ।’

    डा.गुप्ताका अनुसार सुरुवाती अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्ने र समाधानका उपायहरू खोज्नु पर्छ । ६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ । समयमा नै यो रोगबाट बच्न पनि सकिन्छ ।

    भिटामिन ‘बी’ नियमित सेवन गरे, डिप्रेसनबाट बच्ने, मानसिक तनाव नलिने, निन्द्राको समस्या समाधान गर्ने, लागू औषधको प्रयोग र जाँड रक्सी खान छोडे यो रोग लाग्ने जोखिम कम हुन्छ ।

    सरकारले यो रोगबाट पीडित भएकाहरूलाई १ लाख रुपैयाँ बराबरको आर्थिक सहायता गर्दै आएको छ ।

    यस्तै, संशोधित नीति तथा कार्यक्रममा औषधि उपचारका लागि थप मासिक ५ हजार रुपैयाँ सहायता दिने व्यवस्था पनि गरिएको छ । ‘अल्जाइमर्स’ दिवस सन् १९९४ देखि हरेक वर्ष सेप्टेम्बर २१ तारिखदेखि मनाइँदै आएको छ ।

    यसका लक्षणहरू :
    १.स्मरण शक्तिको ह्रास आउने, दैनिक जीवनयापनमा कठिनाई, खास गरी भर्खरैको घटनाहरू र व्यक्तिका नामहरू समेत बिर्सने ।
    २.तर्क गर्ने क्षमता हराउनु र सामान्य समस्याहरू पनि समाधान गर्न नसक्नु ।
    ३.सामान्य काम गर्न पनि असमर्थ हुनु ।
    ४. समय तथा स्थानको ज्ञान हराउँदै जानु ।
    ५.आँखाले देखेका कुराहरू नचिन्नु ।
    ६.टाढाको दूरी अथवा सम्बन्ध छुट्याउन नसक्नु ।
    ७. सामानहरू कता राखे भन्ने बिर्सनु ।
    ८. स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु ।
    ९.घरायसी तथा व्यावसायिक क्रियाकलापबाट विमुख हुनु ।
    १०.व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।

    के गर्ने ?

    १. समयमा सुत्ने ।
    २.तानव नलिने ।
    ३. जीवन शैली परिवर्तन गर्ने ।
    ४.उच्च रक्तचापको उपचार ।
    ५.शरीरको तौल नियन्त्रणमा राखने ।
    ६.नियमित शारीरिक व्यायाम गर्ने ।
    ७.खानपिनमा विशेष ध्यान दिने ।
    ८.पोषण तत्त्वहरूको कमी हुन नदिने ।

    भिटामिन ‘बी’ नियमित सेवन गरे रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन् । डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या, लागुऔषधिको प्रयोग र धेरै जाँड रक्सी पिउनेलगायतका कारण यो रोग लाग्ने खतरा हुन्छ । यस्ता कुलत समयमै छोड्नुपर्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज ०४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.