साँकेतिक तस्बिर
गाेरखा । आँबुखैरेनी–मुग्लीन सडक खण्डमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउसस्थित सडकमा मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस र ग. २२ प ९८२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
सोमबार दिउँसो भएको उक्त दुर्घटनामा परी मोटरसाइकल चालक लमजुङ दूधपोखरी गाउँपालिका–५ बस्ने ३० वर्षीय सन्तोष गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी ले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरको चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का ब्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटना पछी प्रहरीले दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिनुको छ । दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


