×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

यातायात गुरुयोजनाले अजिरकोटको पचास बर्षसम्मकोे भविस्य सुनिश्चित गर्छ : अध्यक्ष देवकोटा

  •  गोरखा समाचार
  • बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखाको अजिरकोट गाउँपालिकाले पालिका भित्र यातायात गुरुयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । गाउँपालिका भित्र सडक पूर्वाधार बिकासलाई दिर्घकालिन महत्व र रणनीतिका साथ अघि बढाउने उद्देस्यले गाउँपालिकाले गुरुयोजना निर्माणको काम अघि बढाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटा बताए । यसै बिषयमा अध्यक्ष देवकोटासंग गाउँपालिकाले तयार गर्न लागेको गुरुयोजनाका सन्दर्भमा गोरखा समाचार डट कमका समाचारदाता संग भएको कुराकानी प्रस्तुत गरिएकाे छ ।

    १.अजिरकोट गाउँपालिकाले तयार गर्न लागेको यातायात गुरुयोजना कस्तो खालको योजना हो ?

    यातायात गुरु योजना भनेको अव्यस्थित रुपमा रहेका बाटाघाटा र बस्तीहरु जुन छन् त्यसलाई रणनीतिक ढंगले दिर्घकालिन लक्ष्यका हिसावले निर्माण प्रक्रिया अगाडी बढाउने यसको सैदान्तिक अबधारणा हो । हाम्रो पालिकामा कतिपय सडकहरु जिल्ला स्तरीय मापदण्डका हुन्छन् । गाउँपालिका आफैले पनि त्यहाँको जनघनत्व, यहाँको आबश्यकता, बढ्दो शहरीकरणलाई ध्यानमा राखेर आफ्नो गाउँपालिकाका सडकका मापदण्ड के के हुन् ? भनेर पूर्व तयारीको अबस्था हो । यसले गर्दा आज कयौं बिकास भइसकेका सडकहरु कंक्रिट नै कंक्रिटको शहर भएका छन् । त्यसो हुन नदिन र सुन्दर अजिरकोटगाउँपालिका निर्माणका लागि सडक गुरु योजना निर्माण गर्न लागिएको हो ।

    २.अजिरकोट गाउँपालिकाले निर्माण गर्न लागेको एकिकृत गुरुयोजना निर्माणको काम कसरी अघि बढाएको छ ?

    एकिकृत गुरुयोजना निर्माण गर्नका लागि मुख्य गरि जनघनत्वका आधारमा, आबश्यकताका आधारमा, महत्वका आधारमा सडकको बर्गिकरण गराइन्छ । अजिरकोट गाउँपालिकाले पनि सडकलाई क, ख, ग र घ भनेर चार प्रकारमा बर्गिकरण गर्छ । बर्गिकरण गरिसकेपछि ‘क’ बर्गको सडक सवैभन्दा उत्कृष्ठ मापदण्डको हुन्छ । ‘क’ बर्गको सडकको मापदण्ड न्युनतम १४ मिटरको हुन्छ । ‘ख’ बर्गको सडकको न्युनतम मापदण्ड १० मिटर हुन्छ । ‘ग’ बर्गको सडकको न्युनतम मापदण्ड ८ मिटर हुन्छ र ‘घ’ बर्गको सडकको न्युनतम मापदण्ड ६ मिटरको हुन्छ । त्यसो भइसकेपछि हामीले एक पटक सडक निर्माण गरिसकेपछि यसले ५० बर्षसम्म अजिरकोट भविस्य यसले सुनिश्चित गर्दछ । यस्तो रणनीतिक महत्वका बिषयबस्तुलाई ढिलाई गर्दाखेरी हामीले भोली व्यवस्थित गर्न सक्दैनौ । त्यसकारण हामीले एकिकृत गुरुयोजना लागू गरिसकेपछि सवैले त्यसैको आधारमा घर बनाउने, व्यापार व्यवसाय गर्ने, उद्योगहरु खोल्ने दिर्घकालिन रुपमा अजिरकोट गाउँपालिकाबासीको सुन्दर भविस्य कोर्नका लागि सजिलो हुनेगरि बाटो खुल्छ ।

    ३. गाउँपालिकाले सडक गुरु योजना निर्माण गरिसकेपछि त्यसै अनुसारको सडक निर्माणका लागि बजेट व्यवस्थापन गर्न चुनौती पूर्ण छैन र ?

    गाउँपालिकाको बजेटबाट मात्र सवै सडक निर्माण गर्ने भन्ने कुरा सम्भव छैन र सजिलो पनि छैन ।समपुरक तथा संघिय अनुदानहरुलाई केन्द्रीत गरेर एकिकृत सडक गुरुयोजना अनुसार पालिका भित्र सडक निर्माणको काम अघि बढाउने हाम्रो मुख्य योजना हो । गाउँपालिकाको गुरु योजना अनुसार ‘क’ बर्गको सडक भन्नाले पहिलो प्राथामिकताको सडक भयो । ‘क’ बर्गको सडकले गाउँपालिकाको वडाहरु छुनेछन, गाउँपालिका केन्द्रलाई छुनेछन्, हस्पिटलहरु छुनेछन् भने त्यसबाट शहरसंग जोडिएका अरु बिकासका पूर्वाधारहरुसंग पनि जोडिएको हुनेछ । त्यस्ता खालका सवै सडकहरु चाहीँ ‘क’ बर्गमा पर्छ । त्यस्ता सडकमा बजेट बिनियोजन गर्न जब डिपिआर गर्छौ तव प्रदेश सरकार र संघिय सरकारलाई पनि बाटो खुल्छ । त्यस बाहेक गाउँपालिकाको बजेट निर्माण गर्न सक्ने खालका सडकलाई गाउँपालिकाले बजेटको व्यवस्था गर्नेछ भने प्रदेश सरकारसंग पनि आबश्यक सडक निर्माणका लागि एकिकृत गुरुयोजना निर्माण सम्पन्न गरेपछि आबश्यक पहल गर्छौ । यस्तो रणनीतिक महत्वको काम गर्नका लागि यो यातायात गुरुयोजनाको हामीले प्रक्रिया अहिले सुरुवात गरेका हौ ।

    ४. गुरु योजना निर्माण अन्र्तगत अहिले के के कामहरु भइरहेका छन् ?

    हाम्रो गाउँपालिकामा पाँच वटा वडाहरु रहेका छन् । अहिले सवै वडाहरुमा सुनुवाई हुने क्रम चलिरहेको छ । कुन सडकलाई कस्तो मापदण्ड बनाउने, सडक निर्माण गर्न लागिएको ठाउँका जनताको गुनासोहरु के छ ? राय सुझावहरु के छ भनेर व्यापक जनताको सहभागिता सहितको हामीले परामर्स गरिरहेका छौ । त्यसबाहेक परामर्स दाताहरु बोलाएर हामी काम गर्छौ । यस प्रक्रियामा भुगर्वविद्हरु हुन्छ, अमिनहरु हुन्छन्, यसमा सिभिल इन्जिनियरहरु हुन्छन् र उनिहरुको गुप्रले हामीलाई एउटा प्रतिवेदन बनाएर बुझाँउछ । त्यो प्रतिवेदन प्राप्त भएपछि फेरि हामी आम ढंगले सवै वडामा गएर सार्वजनिक सुनुवाई गर्छौ । सार्वजनिक सुनवाई उठेका जनताका सुझाव, प्रतिक्रिया आइसकेपछि गाउँपालिकामा पेश गरेर गाउँसभामा पेश हुन्छ र ऐन बन्छ । ऐन बनाएपछि अनिबार्य हुन्छ र सवैले पालना गर्नुपर्ने हुन्छ ।

    ५.गाउँपालिकाको यातायात गुरु योजना कहिलेसम्म तयार हुन्छ ?

    हामीले सूचना निकालेर परामर्स दातालाई आवहन गरेको फागुनको पहिलो हप्तामा हो । अबको बढीमा दुई वा साढे दुई महिना भित्रमा यातायात गुरुयोजना काम सक्छौ ।

    ६.जसरी बिकासका नाममा जथाभावी सडक निर्माण गर्ने क्रम चलिरहेको छ तपाईहरुले यातायात गुरुयोजना निर्माण गरि सकेपछि जथाभावी सडक खन्ने निर्माण गर्ने क्रम चाँही अन्त्य हुन्छ यो गाउँपालिकामा ?

    पहिलो कुरा त हाम्रो गाउँपालिकाले पालिका भित्र अहिले कुनैपनि ठाउँमा नयाँ ट्रयाक खोल्नका लागि डोजर चलाउन पाइदैन भन्ने कुरा गाउँपालिकाको चालु आर्थिक बर्ष २०७९-०८० को नीति र कार्यक्रममा हामीले उल्लेख गरेका छौ । खाली बिकास भनेको डोजर चलाउने हो भन्ने मान्यतालाई अन्त्य गर्ने, गाउँको उर्वराशक्तिको माटो खोलामा गएर मिसिने र गाउँ चाँही खण्डहर हुने जो स्थिति बनिरहेको छ त्यसलाई हामीले नियमन गर्नपनि गाउँपालिको अब सडकका मापदण्ड तोक्छ र हामीले मापदण्ड तोकेका भन्दा बाहेकका सडकमा गाउँपालिकाले आफूले लगानी गर्दैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे भाउ तोलामा १२ सयले बढ्यो
    सुन र चाँदीकाे भाउ बढ्याे (कतीमा काराेबार हुदै छ त ?)
    १ मन अलैंचीको मूल्य १ लाख ७ हजार रुपैयाँ पुग्याे, हालसम्मकै उच्च मूल्य
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.