जुम्ला । आफ्नै श्रीमती हत्या आरोपमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिला गाउँपालिका–४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
आइतेले आफ्नै २१ वर्षीया श्रीमती ममता नेपालीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या लगत्तै प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।




















