रुकुम पश्चिम । मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन् ।
पुर्ब रिसिईबिको कारण उनीहरुको कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बुढाको मृत्यु लगत्तै जिल्ला प्रहरी कार्यालय सुकुम पश्चिमबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई शनिबार पक्राउ गरको हो ।


