×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

थाइल्याण्ड र म्यानमारमा नेपाली आईटी इन्जिनियरहरु बन्धक

  •  गोरखा समाचार
  • शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौ । नेपाली युवायुवती मनग्य पैसा कमाउने प्रलोभनमा परेर युरोप(अमेरिका जान खोज्दा बीच बाटोमै अलपत्र पर्नेदेखि तस्करबाट ठगिने र बन्धक हुने गरेका घटना नौला होइनन् ।

    तर, पछिल्लो समय नेपालीहरूलाई म्यानमार, थाइल्यान्ड र कम्बोडियामा पनि बन्धक बनाइएको नयाँ तथ्य फेला परेको छ । प्रहरीको मानव तस्कर रोकथाम नियन्त्रण ब्युरोमा १५ जना नेपालीले आफूहरू थाइल्यान्ड, कम्बोडिया र म्यानमारमा बन्धक भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

    ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले उजुरी आएको पुष्टि गर्दै ब्युरोको टोली अनुसन्धानमा खटिएको बताए । ‘म्यानमारमा केही नेपाली बन्धक बनेको सूचना हामीलाई आएको छ । केही व्यक्ति भागेर नेपाल फर्किएका छन् । हामीले अनुसन्धान गर्दैछौँ,’ एसपी पंगेनीले भने ।

    अनुसन्धान भइरहेकाले धेरै कुरा अहिले नै भन्न नमिल्ने उनले बताए । ब्युरो स्रोतका अनुसार चीनसँग सीमा जोडिएका थाइल्यान्ड र म्यानमारको भू-भागमा नेपालीहरूलाई बन्धक बनाइएको छ ।

    ब्युरो स्रोतले भन्यो, ‘प्रारम्भिक अनुसन्धानबाट नेपालीहरूलाई चिनियाँ नागरिकले बन्धक बनाएको खुलेको छ । उनीहरू म्यानमार सरकार र थाइल्यान्ड सरकारको समेत नियन्त्रणबाहिर रहेको भूमिमा बन्धक भएको भन्ने छ । बन्धक बनाइएकाहरू आईटीसम्बन्धी जानकार युवाहरू छन् । थप अनुसन्धान गर्दैछौँ ।’

    कसरी पुगे चीनको सीमासम्म  ?

    प्रहरीलाई प्राप्त उजुरीअनुसार बन्धक बनाइएका अधिकांश नेपाली युवा आईटी इन्जिनियरहरू छन् । उनीहरूलाई चिनियाँ नागरिकले ठूलो आर्थिक प्रलोभनमा पारेर थाइल्यान्डदेखि म्यानमार पुर्‍याएका हुन् ।

    नेपाल फर्किन सफल केही युवालाई नेपालीकै सहयोगमा चिनियाँ नागरिकले आईटी कार्यालयका लागि भन्दै महिनाको १ लाख अमेरिकी डलर तलब हुने प्रलोभनमा पारेर त्यहाँ पुर्‍याएका थिए ।

    त्यसका लागि ठमेलका विभिन्न होटलमा चिनियाँले आईटीसम्बन्धी परीक्षासमेत लिएको खुलेको छ । यसरी चिनियाँले लिएको परीक्षामा पास हुनेलाई दुबईहुँदै म्यानमार र थाइल्यान्ड पुर्‍याएका हुन् ।

    म्यानमार र थाइल्यान्डमा पुर्‍याएपछि भने चिनियाँहरूले विभिन्न व्यक्तिलाई क्रिप्टो करेन्सी कारोबारको नाममा लगानी गर्न लगाएर ठगी गर्न लगाउनेदेखि विभिन्न मुलुकका बैंक ह्याक गर्ने काममा खटाउने गरेको खुलेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.