एजेन्सी । दक्षिण अफ्रिकाकी १२८ वर्षीया जोहन्ना माजिबुकोको मृत्यु भएको छ । विश्वमा सबैभन्दा बढी उमेर बाँच्ने रेकर्ड बनाएकी उनको जन्म सन् १८९४ मे ११ मा भएको थियो ।
आउँदो मे महिनामा उनी १२९ वर्ष पुग्दैथिइन् । जोहन्नाको परिवारको अनुसार उनको निधन मार्च ३ मा भएको हो ।
माजिबुको स्ट्रोकको कारण मृत्यु भएको बताएको छ । १२८ औं जन्मोत्सवमा उनले आफू किन बाँचिरहेको छु भनेर आफैलाई अचम्म लागेको बताएकी थिइन् ।
ुमलाई अचम्म लागिरहेको छ । किन म यति धेरै वर्ष यहाँ छु ? मेरा उमेरका धेरै जना मरिसकें,ु एक पब्लिकेसनसँग उनले भनेकी थिइन्, ुम कहिले मर्छु ? जीवनको अन्तिम विन्दु कहाँ हो । किनकि म यहाँ केही नगरी बसिरहेकी छु ।ु
जोहन्नाको १२ दाजुभाइ दिदीबहिनी थिए । तीमध्ये ३ जना अझै जीवित छन् । उनीहरुको उमेर भने खुलाइएको छैन । जोहन्नाको ५० बढी नातिनातिना भइकसेकका छन् ।



