दोलखा । पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ । भुजेलको गएराति दोलखाको पवटीस्थित उनकै निवासमा निधन भएको हो ।
विगत दुई दशकदेखि दोलखामा रहेर सक्रिय पत्रकारिता गरिरहेका भुजेलले कालिन्चोक एफएममा समाचार प्रमुखका रूपमा काम गरेका थिए ।
कालिन्चोक सन्देश साप्ताहिकमा समेत काम गरेका भुजेल पछिल्लो समय इ–दैनिक खबर अनलाइनमा सम्पादकका रूपमा कार्यरत थिए ।
उनी नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य समेत रहेका थिए । उनको निधनमा नेपाल पत्रकार महासंघले समवेदना प्रकट गरेको छ ।




















