एजेन्सी । भारतका चर्चित नेता लालू यादव फेरि छानबिनको दायरामा आएका छन् ।
भारतको सीआईबीले मंगलवार उनलाई सोधपुछ गर्दैछ । भारतीय सञ्चारमाध्यमका अनुसार बुवामाथि छानबिन शुरू भएपछि उनकी छोरी रोहिणी आचार्य आक्रोशित भएकी छन् ।
आचार्यले भनेकी छन्, ‘बुवालाई लगातार हैरान गरिँदैछ । यदि उहाँलाई केही भयो भने म कसैलाई छाड्दिनँ । बुवालाई हैरान गर्नु ठीक होइन । यो सबै याद गरिनेछ । समय बलवान छ । समयमा ठूलो शक्ति हुन्छ । यो याद राख्नुपर्ला ।’
रेलमन्त्री रहँदा यादवले जागिरको सट्टामा जमिन दिने योजनामा भएको घोटाला गरेको आरोप छ । यो घोटाला यादव परिवारसँग पनि जोडिएको छ । यसमा छानबिन अगाडि बढेपछि लालूको परिवारका सदस्य पनि झस्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


