काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ ।
स्वर्गीय उपाध्यायका छोरीहरु आजमात्रै नेपाल आइपुग्ने भएकोले उनको अन्त्येष्टिमा ढिलाइ भएको हो ।
सरोजकुमारको शनिबार काठमाडौंको एक रेष्टुरेन्टको ६ तलाबाट खसेर निधन भएको हो ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका आज २ घण्टा पार्टी कार्यालयमा राखिने भएको छ । दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । त्यसपछि आजै अन्त्येष्टि गरिने बताइएको छ ।


