बागलुङ । जैमिनी नगरपालिकाको सेर्कुवामा आफ्नै बुवाले ३ बर्षकी छोरीको हत्या गरेका छन् ।
हत्या गरेको आरोपमा बागलुङ नगरपालिका–१२ अमलाचौर घर भई जैमिनी नगरपालिका–४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।
सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको बागलुङ प्रहरीले जानकारी दिएको छ ।
घटना लगत्तै खबर पाएको प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


