गैडाकोट । चामलको बिल बनाएर मल ल्याउदै गरेको अवस्थामा १७९ बेला मल प्रहरीले बरामद गरेको छ । गैंडाकोट नगरपालिका–२ स्थित पुलको मुखबाट प्रहरीले १०४ बोरा युरिया र ७६ बोरा डिएपी मल बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीको टोलीले लु. १ ख ७०२४ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा २०० बोरा चामलको बिल बनाईउक्त मल ल्याउँदै गरेको अवस्थामा मल बरामद गरीएको प्रहरीले जनाएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद मल भन्सार कार्यालय त्रिवेणीमा बुझाइएको गैडाकोट प्रहरीले जानकारी दिएको छ ।


