साँकेतिक तस्बिर
बागलुङ । स्कुल जाने क्रममा भिरबाट लडेर ८ बर्षिया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरेङ गाउँपालिका–१ बस्ने प्रतीक्षा घर्ती मगर भएको बागलुङ प्रहरीले पुष्टी गरेको हो ।
स्कुल जाने क्रममा घरबाट करिब २ किलोमिटर टाढा टाकुरा भिरबाट लड्दा बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
मंगलबार भएको उक्त घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


