साँकेतिक तस्बिर
धादिङ । नौविसेबाट सालकको खपटा र जिउदो हुचिलसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाक्रे गाउँपालिका–५ को नयाँगाउँ बस्ने बिनोद लामा सहित २ जना भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको हो ।
प्रहरीले प्राप्त गरेको विशेष सूचनाको आधारमा धुनिवेशी नगरपालिका–६ को नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र जिउँदो हुचिल १ थानसहित लामा सहितत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीको संयुत्त टोलीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।
ब्यूरोले दिएको जानकारी अनुसार सालककाे खपटा बोराभित्र र हुचिल कार्टुनभित्र लुकाई ल्याएका थिए । पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















