गोरखा । आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बस्ने ३६ वर्षीय मदन घिमिरे मृत्त फेला परेका छन् । शुक्रबारदेखी परिवारको सम्र्पकमा नआएका घिमिरे मस्र्याङदी नदीमा किनारमा मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको हो ।
परिवार, आफन्तजन र प्रहरीले शुक्रबारदेखी खोजी गरेको भएता पनि घिमिरे मंगलबार मात्र मर्स्याङदी नदी किनारमा मृत्त अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ को डम्पिङस्थित सडक छेउमा ग. २३ प २१३८ नम्बरको स्कुटर छोडि स्कुटर घिमिरे गोरखातर्फ गएको भन्ने अपुष्ट जानकारी प्राप्त भएको र खोजी गर्ने क्रममा मंगलबार फेला परेको ईलाका प्रहरी कार्यालय जनाएको छ ।
उनको खोजीमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनी, अस्थायी प्रहरी पोष्ट मुग्लिङ र बिपद ब्यवस्थापन शिक्षालय कुरिनटारबाट खटिएको थियो । संयुक्त रुपमा खोजी गर्ने क्रममा घिमिरको शव मर्स्याङदी नदी किनारमा करिब ६० फिट पानीमुनी फेला परेको हो ।


